बाँके– आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डमा ट्रकले एक बालिकालाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भिर घाइते भएकी थिइन्।
त्यसपछि आक्रोशित बनेका विद्यार्थी तथा स्थानियवासिले ढुंगामुढासहित ट्रक जलाएका छन्। उनीहरुको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन्। शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ। केही राउण्ड हवाई फायर पनि भएको बताइएको छ।