काठमाडौं– ‘धानको चामल धानैको सिरौला’ पछि चर्चित गायिका कला लम्सालको नयाँ पञ्चेबाजा गीत ‘हेर्न मनाही छ’ सार्वजानिक भएको छ।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले उनलाई आवाजमा साथ दिएका छन्। रविन लामिछानेको शब्द र खुमन अधिकारीको लय रहेको गीतको संगीत संयोजन कृष्ण विक भान्जाले गरेका हुन्। मौसम हिमालीको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा कला र खुमनकै अभिनय रहेको छ। कला लम्सालकै यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=6XvXityF1YU