एजेन्सी– चीप मेकर कम्पनी क्वालकमले आफ्नो वार्षिक कार्यक्रमको आयोजनामा दुई नयाँ चीपसेटहरु सार्वजनिक गरेको छ जसले क्वालकमको नयाँ मोडुलर प्लेटफर्म प्रयोग गर्दछ। कम्पनीले स्न्यापड्रागन ८६५ र स्न्यापड्रागन ७६५ दुईवटा चीपसेट सार्वजनिक गरेको हो।
स्न्यापड्रागन ८६५ यसअघिको ८५५ को सक्सेसरको रुपमा सार्वजनिक गरिएको छ भने दुईवटा स्न्यापड्रागन ७६५र७६५ ५जी चीपसेटहरु ५जी सर्पोटसहित लन्च गरिएको हो।
मोडूलर प्लेटफर्मअन्तरगत क्यारियरहरुको आफ्नो ५जी टेक्नोलोजीलाई नयाँ चीपसेटहरुमा सजिलै जडान गर्न सकिने गरि तयार पारिएको छ।
क्वालकमको स्न्यापड्रागन ८६५ लाई स्न्यापड्रागन एक्स५५ मोडेमका साथ प्रयोग गर्न सकिनेछ,, जून मोडेम यसअघिको एक्स५० मोडेमको सक्सेसर हो। यो अधिक उर्जा दक्षता प्रकृयासहित आउने छ। एक्स५५ ले स्ट्याण्डअलोन तथा नन स्ट्याण्डअलोन नेटवर्कहरु सपोर्ट गर्दछ। एक्स ५५ मोडेम एमएमवेबका साथै सब ६ गीगाहर्ज ५जी नेटवर्कलाई सपोर्ट गर्दछ।
स्न्यापड्रागन ७६५ ५जी भने ५जी को एकिकृत सपोर्टका साथ आउँछ तर यसको जोडि मोडेमको बारेमा भने कुनै जानकारी आएको छैन्।
यसबाहेक कम्पनीले आफ्नो नयाँ इन डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी जसलाई थ्रीडी सोनिक म्याक्स नाम दिईएको छ सो पनि घोषणा गरेको छ। यसमा गरिने स्क्यानरको सुनिश्चिततामा निकै सुधार गरिएको छ। यसमा यूजरलाई दुई औंलाहरुद्धारा समेत आधिकारीकता प्रदान गर्न सकिने सुविधा दिन्छ।
क्वालकमको मिड रेन्जको स्न्यापड्रागन ७६५ ५जी चीपसेट लन्च भएसँगै आगामी वर्षमा आउने मिड रेन्जका स्मार्टफोनहरुमा समेत ५जी सपोर्ट देख्न सकिने छ । जून अहिलेका ५जी स्मार्टफोन भन्दा सस्तो हुनेछ।