लमजुङ– सुन्दरबजार नगरपालिका ७ पाउँदीमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएको भएको हो। ज्यान गुमाउने महिलाको पहिचान खुल्न सकेको छैन
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ। उनीहरुको पनि पहिचान खुल्न सकेको छैन।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएका हुन्।बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइएको छ।