काठमाडौं– ‘इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल’ (किम्फ) २५ मङ्सिरबाट शुरु हुने भएको छ। राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सव २९ मङ्सिरसम्म सञ्चालन हुने आयोजक हिमाल एसोसियसनले जनाएको छ।
महोत्सवमा नेपाली पानारोमा अन्तर्गत १४ र २९ देशका ६६ फिल्म प्रदर्शन हुँदैछ। ६९ देशबाट प्राप्त ४ सय २७ फिल्ममध्ये छनोटमा परेका ६६ फिल्म प्रदर्शन गर्न लागिएको हो। महोत्सवमा १७ वटा चलचित्र भने प्रतिस्पर्धामा छन्। प्रतिस्प्रधा अन्तर्गत पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार राखिएको छ।
‘भोइसेस फ्रम द मार्जिन’ अवधारणा रहेको महोत्सवमा तस्वीर प्रदर्शनी, समूहमा छलफल, मास्टर क्लास सञ्चालन जस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ। जुन कार्यक्रम चलचित्रसँग सम्बन्धित ठूलो कार्यक्रम हो।