एजेन्सी– स्मार्टफोन मेकर कम्पनी नोकियाले आफ्नो पहिलो स्मार्ट टिभी भारतमा सार्वजनिक गरेको छ। कम्पनीको नोकिया ब्राण्डमा आएको यो स्मार्ट टिभी भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टले बनाएको हो।
नोकिया ब्राण्डमा यो पहिलो स्मार्ट टिभी हो। यसमा ५५ इन्चको फोरके अल्ट्रा हाई डेफिनिसन स्क्रीन राखिएको छ भने यसमा एन्ड्रोयड ९.० टिभी अपरेटिंग सिस्टम तथा जेबिएलको अडियो टेक्नोलोजी दिईएको छ। फ्लिपकार्टले अडियो क्वालिटीलाई विशेषगरि हाइलाइट गरेको छ।
हाल भारतीय बजारमा मात्र उपलब्ध हुने सो नोकिया स्मार्ट टिभीको मूल्य भारु ४१,९९९ तोकिएको छ। यो टिभीको बिक्री यहि डिसेम्बर १० तारिखदेखि शुरु हुनेछ।
सो टिभी खरिदमा ग्राहकहरुले स्ट्याण्ड, वाल माउन्ट र एउटा ब्लूटूथ रिमोट साथमा प्राप्त गर्नेछन्। सो रिमोटमा भ्वाइस कमाण्डका लागि गूगल असिस्टेन्टको सपोर्ट उपलब्ध हुनेछ।
यो टिभीमा म्यानुफ्याक्चरिंग डिफेक्ट्सका लागि तीन सालको वारेन्टी र एक्सिडेन्टल ड्यामेज समावेश रहेको छ। नोकियाको यो स्मार्ट टिभीमा क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा २.२५ जीबी र्याम तथा १६ जीबी स्टोरेज रहेको छ।
फ्लिपकार्टले भविश्यमा नोकिया ब्राण्डका थप मोडलहरु समेत ल्याउने जानकारी दिएको छ। यसमा डब्ली भिजन सपोर्ट, एमईएमसी तथा उत्कृष्ट भिजुअल एक्सपेरियन्सका लागि इन्टेलिजेन्ट डिमिंग फीचर पनि छ। कनेक्टिभिटीका लागि यसमा एडिएमआई पोर्ट, दुईवटा यूएसबी पोर्ट, वाईफाई र ब्लूटूथ ५.० भर्सन रहेको छ।