काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टी–२० क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ। फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो। बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वा्धिक २९ रन बनाइन्। श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन्।
९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो। हातमा दुई विकेट मात्र थिए। तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो। अन्तिमका दुवै ब्याट्सउमन रन आउट भए । श्रीलंका ८९ रनमा अलआउट भयो। श्रीलंकाले रजन जित्दा नेपालले भने कास्यमा चित्त बुझाएको छ।