एजेन्सी– मोबाइल निर्माता कम्पनी वन प्लसले सन् २०१५ मा ‘वनप्लस एक्स’को नाममा मिड रेञ्जको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो। त्यसैलाई पछ्याउँदै कम्पनीले मिडरेञ्जमा दोश्रो स्मार्टफोन ल्याउने तयारी गरेको छ।
नाइन्टीवन मोबाइल र टिप्सको सिरियल वनलिक्सका अनुसार बजेट केन्द्रीत स्मार्टफोन वन प्लस एट लाइटको रुपमा आउन लागेको हो।
फोनको तल्लो भागमा यूएसबी–सी राखिएको छ। बायाँ साइडमा भोल्युम बटन देखिएको छ भने दायाँ भागमा पावर तथा लक बटनसँगै अलर्ट स्लाइडर रहेको छ।
फोनको मूल्य, त्यसमा रहने स्पेस, प्रोसेसर लगायतका फिचरहरु अझै स्पष्ट रुपमा बाहिर आइसकेको छैन। यद्यपी मिडरेञ्जको वनप्लस सेभेन टीको मूल्य ५९९ डलर अर्थात ६८ हजार रुपैयाँभन्दा कम हुने अपेक्षा गरिएको छ।