काठमाडौं– ‘छ माया छपक्कै’ बाट तारिफ पाएकी नायिका केकीको फिल्म ‘चालबाज’ को छायाँकन दार्जिलिङबाट सुरु भएको छ। शनिबारदेखि फिल्मको छायाँकन दार्जिलिङबाट शुरु भएको निर्माता अरुण तामाङले जानकारी दिए।
सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्देशक कैलाश राई हुन्। केकी अधिकारी, वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा मुख्य महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ।
सौरभ लामाको छायाँङ्कन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दिपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने फिल्ममा प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुन्। सस्पेन्स लभ स्टोरी कथामा फिल्म बन्न लागेको निमार्ण युनिटले जानकारी दिएको छ।