एजेन्सी– मेन्टिस इलेक्ट्रीक मोटरसाइकल भारतको गोवामा चलिरहेको मोटरसाइकल एक्स्पोमा सार्वजनिक भएको छ। मेन्टिसको इलेक्ट्रीक मोटरसाइकलको टप स्पीड क्षमता १४० किलोमिटर प्रतिघण्टा रहेको छ।
सामान्य मौसममा यो मोटरसाइकल एक पटकको फुलचार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। यसमा कम्पनीले फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ।
कम्पनीले मोटरसाइकल धनीको फिंगर प्रिन्टबाट धेरै फिचर कन्ट्रोल गर्न सक्नेगरि बनाएको जनाएको छ। यसमा डाटा मेन्टेन्स, राईड एनालाइटिक्स जस्ता फिचर उपलब्ध रहेको छ।
ओरेक्स इन्जिनियरिङले तयार गरेको यो इलेक्ट्रीक मोटरसाइकल सन् २०२० को मध्यबाट मात्र बिक्री सुरु गर्ने जनाइएको छ। कम्पनीले यसमा लिथियम आयोन व्याट्री, पावरफुल मोटर, आल्मुनियम अलोय ह्वील, उच्च क्षमताको टायर दिएको जनाएको छ।
कम्पनीले व्याट्रीको उच्च क्षमताको लागि आफ्नै डिजाइनमा उच्च पर्फमेन्स दिन सक्नेगरि बनाएको उल्लेख गरेको छ। साथै कम्पनीले तयार गरेको व्याट्री मेनेजमेन्ट कन्ट्रोलरले कुनै किसिमको कुलिङ सिस्टम प्रयोग गर्नु नपर्ने जनाइएको छ।
ओरेक्स मेन्टिसले यसमा ९ किलोवाटको व्याट्री दिएको छ। आरमदायी यात्राको लागि अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिएको छ।