एजेन्सी– फाइभजी स्मार्टफोनको विश्व बजारमा सामसङले अन्य ब्राण्डलाई पछि पारेको छ। फाइभजी स्मार्टाफोन निमार्ण गर्न सफल कम्पनी मध्य सामसङले विश्व बजारको ठूलो हिस्सा ओगट्न सफल भएको हो छ।
भर्खरैमात्र काउन्टर प्वाइन्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सामसङले फाइभजी स्मार्टफोन बिक्रीको ७४ प्रतिशत बजार लिएको हाे।
प्रतिवेदन अनुसार एलजी दोस्रो स्थानमा रहेको छ। एलजीले कुल बजारको ११ प्रतिशत हिस्सा लिएको उल्लेख छ। त्यस्तै चाइनिज स्मार्टफोन कम्पनी भीभो तेस्रो नम्बरमा देखिएको छ। भीभोको बजार हिस्सा ५ प्रतिशत रहेको उल्लेख छ।
विश्वमा पछिल्लो वर्षहरुमा प्रिमियम स्मार्टफोनको मार्केट विस्तारै घट्दै आएको छ। सात प्रतिशले प्रिमियम स्मार्टफोनको मार्केट घटेकाे छ। यस्तोमा फाइभजी स्मार्टफोनको बढ्दो बजारले यसलाई उकास्न मद्धत पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।