काठमाडौं– बरिष्ठ बाँसुरी बाधक तथा गायक, संगीतकार बलराम समाल एकल गायनमा सुनिएका छन्। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘एकल साँझ’ मा उनले करिब दर्जन बढी गीत सुनाएका थिए।
गोपाल योञ्जनको राष्ट्रिय गीत ‘देशले रगत मागे...’ बाट एकल गायन शुरु गरेका बलरामले आफ्नै गीत ‘तिमी दुलही बनेर जाँदा...’, ‘ढुङ्गाको मुटु...’ फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ...’, भक्तराज आचार्यको ‘हजार सपनाको...’, शंकर प्रेरणको ‘सोचे जस्तो जिन्दगी हुन्न..’, ‘रेशमैको पछ्यौरीले लग्यो मेरो मन...’ नारायण गोपालको ‘यति चोखो यति मिठो दिउला तिम्ला माया...’, अरुणा थापाको ‘चोट के हो...’ र आफ्नै दुई पूर्वेली लोक गीत ‘लामपाते सुर्ती...’ र ‘सम्झ मनैमा...’ लगायतका करिब दर्जनबढी गीत प्रस्तुत गरे।
‘एकान्तको गोधुलीमा...’ बोलको गीतमा बलरामलाई गायिका कमला थापा मगरले साथ दिएकी थिइन्। गीतकार शंकर प्रेरण, नेपाल साँस्कृतिक मगर संघका अध्यक्ष कविराज थापा, संगीतर वसन्त मुकारुङ, शिसु मिलन स्कुलका बुद्ध गोले, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुमन खड्का, गीतकार विजय कटेल, मेजर नवीन मुकारुङ, गायिका सरोजा मुकारुङ, अञ्जु गौतम, निला थापा, रमिला मगर लगायतको उपस्थिती रहेको कार्यक्रममा बलरामलाई बाध्यबाधनमा रुपेश सिंह, सुरज श्रेष्ठ, आकाश गोर्खाली, राहुल भुजेल, कुन्दन शाह र अनिल मगरले साथ दिएका थिए। कार्यक्रमा नेपाली गीत संगीतको क्षेत्रमा अमूल्य योगदान दिने विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।