काठमाडौं– नेपालमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल ‘ब्यान्ड १९७४ एडी’ को ‘माया बिसाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ब्यान्डको नयाँ एल्बम ‘निरन्तरता’ मा समावेश यो गीतको भोकल, कम्पोजिसन, लिरिक्स ब्यान्डका मुख्य गायक मध्येका एक फिरोज स्याङ्देनको रहेको छ।
गीतमा निराकर याकथुम्बाको बेस, एड्रियन प्रधानको भोकल, ड्रम र ब्लूज हार्प रहेको छ। यसका साथै मनोज कुमार केसीले गितार र किबोर्ड मार्फत् संगीत भरेका छन् भने सञ्जय श्रेष्ठको पर्कसन र ब्याक भोकल रहेको छ। गीतको रेकर्डिङ् काठमाडौं ज्याज कन्जर्भेटरी क्याटज्याज मा भएको हो। यसलाई मनोज कुमार केसी र मंजिल विक्रम केसीले रेकर्ड गरेका हुन्।
एल्बम सार्वजनिक भएलगत्तै यो गीतलाई धेरैले रुचाइरहेका छन्। गीतको भिडियो प्रतिक्षा गरिरहेकाहरु भिडियो हेरेर निकै उत्साहित भएका छन्। गीतले यूुटूबमा निकै राम्रा कमेन्टको वर्षा पाईरहेको छ।
https://www.youtube.com/watch?v=AnSiTn4DKkM