काठमाडौं– अभिनेत्री ऋचा शर्मा आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग शनिबार उनको विवाह भएको हो। दिपेक्ष ललितपुरको लबिम मलका म्यानेजर हुन्। उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो।
आफ्नो फेसबुक ह्यान्डल मार्फत् एक फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।’ उनले तस्बिर सार्वजनिक गरेको एक घण्टा नबित्दै २ सय बढीले कमेन्ट गरेर बधाई तथा शुभकामना दिएका छन्।