एजेन्सी– बलिउडका चर्चित हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा सञ्जय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए। कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो?’ यसबारे सञ्जय दत्तले आफूले अहिले पनि प्रेमिकाको गन्ती गर्ने गरेको बताए।
सञ्जयले ठट्टा गर्दै आफ्नी को–स्टार कृति सेनन सजिलै उनको ३०९ औं प्रेमिका सहजै हुनसक्छिन् पनि भनेका थिए। पनिपतमा उनको प्रस्तुतीले आफू निकै प्रभावित भएको सञ्जयले बताएका थिए। फिल्म ‘वार’ की नायिका दीपानिता शर्मा र थुप्रै सोसल मिडिया प्रयोगकर्ताले कपिलको यो ठट्टाको बेस्सरी आलोचना गरेका छन्। उनीहरुले यसलाई असाध्यै असंवेदनशील ठट्टा बताएका छन्। दीपानिताले ट्वीट गरेकी थिइन्, ‘एक नायक कार्यक्रममा आफ्नो नयाँ रिलिज फिल्मको प्रोमोट गर्न जान्छन् र आफ्ना ३ सय बढी प्रेमिकाबारे कुरा गर्छन्। कार्यक्रमका प्रस्तोता र दर्शक हाँस्छन्। यदि यही कुरा एउटी महिलाले भनेको भए के हुन्थ्यो? के त्यतिबेला पनि यसलाई ठट्टाको रुपमा नै लिइन्थ्यो? लैङ्गिक भेदभाव सधैं गलत रहँदै आएको छ। यही भेदभाव नै समस्याको मुख्य जड हो।’
लिंककाे लागि यहाँ क्लीक गर्नुस्
दीपानिताको यो कुरालाई धेरैले समर्थन गरेका थिए। एक प्रशंसकले महिलालाई एक सङ्ख्यामा सिमित गर्नु लज्जाको विषय बताएका छन्। कपिल शर्माले यो भन्दा राम्रो सेन्स अफ ह्युमर प्रदर्शन गर्नुपर्दथ्यो भनेर सल्लाह दिएका छन्। यद्यपि, कतिले कपिल शर्माको समर्थन गरेका थिए र उनीहरुले उक्त ठट्टामा भल्गर वा असंवेदनशील जस्ता केही पनि कुरा नभएको बताए। केही समय अघि पनि विवादमा आएका थिए कपिलः
केही दिन अघि सोसल मिडियामा कपिल शर्माले अर्चना पुरन सिंहको शारीरिक संरचनाबारे गरेको ठट्टामाथि पनि आपत्ति जताइएको थियो। ट्वीटरमा यी आलोचनापछि कपिलले अर्चनामाथि गरिने ठट्टा थोरै कम पनि गरेका छन् र उनले अर्चनासँगको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेका थिए जसमा आफूले अर्चनालाई निकै इज्जत गर्ने गरेको उनले बताएका छन्। समय–समयमा कपिलले यस्तो आलोचना खेप्दै आएकका छन्।