एजेन्सी– चर्चित बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ। पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन्। उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन्। नवाजका भाई अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन्। अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन्।
नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन्। त्यहाँ उनका अन्य भाइ अयाजुद्दीन, माजुद्दीन र मिनहाजुद्दीन छन्। नवाजबाहेक उनका दुई भाइ निर्देशक शमास नवाब सिद्दीकी र वकिल हाजी अलमाजुद्दीन सिद्दीकी पनि शनिबार बेलुकीसम्म बुढाना पुगेका छन्। आइबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ।