काठमाडौं — १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतकाे पुरुष फुटबलमा नेपालले बंगलादेशलाई परािजत गर्दै फाइनलमा स्थान बनाएकाे छ। आइतबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले बंगलादेशविरूद्ध १–० गाेलकाे संघर्षपूर्ण जित निकालेकाे हाे।
नेपालकाे जितमा एकमात्र निर्णायक गाेल सुनिल बलले गरेका थिए। उनले खेलकाे १० मिनेटमा नै उत्कृष्ट गाेल गरेका थिए। उक्त गाेल नेपाललाइ खेल जित्न पर्याप्त बन्याे। फाइनलमा पुग्न नेपालले बंगलादेशसँग बराबरी मात्रै खेले पनि पुग्थ्यो तर बङ्गलादेश फाइनलमा पुग्न भने नेपाललाई जित्नै पर्ने थियो।
अब स्वर्णकाे लागि नेपालले फाईनलमा भुटानसँग प्रतिस्प्रधा गर्नेछ। यसअघिकाे लिग चरण खेलमा नेपालले भुटानलाइ ४–० गाेलले हराएकाे थियाे। नेपाल र भुटानबीचकाे खेल दशरथ रंगशालामा मंगलबार ५ बजे हुनेछ।