विराटनगर _ उपचार गराउन ल्याइएकी एक महिलाो महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएपछि आफन्त आन्दोलीत भएका छन्।
डाक्टरले लापरबाही गरेको भन्दै आफन्त आन्दोलीत भएका थिए। प्रहरीका अनुसार इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी २९ वर्षीया जानुका श्रेष्ठको प्रसूति गराउने क्रममा शनिबार मृत्यु भएको हो।
उनी शुक्रबार साँझ नोबेलमा भर्ना भएकी थिइन्। शनिबार राति शल्यक्रिया गरेर प्रसूति गराइए पनि जानुकाको मृत्यु भएको थियो। आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले बताएको छ।
श्रेष्ठको उपचारमा बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको चिकित्सक टोली संलग्न थियो।पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अप्रेसन गरेपछि केही समयमा मृत्यु भएको थियो। चिकित्सकले वास्ता नगरेपछि उनको मृत्यु भएको बुवा गणेशकुमार श्रेष्ठले दाबी गरे।
सुत्केरीको मृत्युपछि शनिबार परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए। आइतबार शव बुझ्न अस्वीकार गर्दै आफन्तले आन्दोलन थालेपछि हस्तक्षेप गर्न प्रहरी पुगेको थियो।
सुत्केरीको मृत्युपछि आइतबार अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता भए पनि निष्कर्षमा पुग्न भने सकेन। सो क्रममा चिकित्सकले रक्तश्राप नरोकिएका कारण सुत्केरीको मृत्यु भएको बताएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए।