काठमाडौं_ नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्था डिस होमले नियमित सेवाको अवधि समाप्त भएपछि पनि ग्राहकलाई थप पाँच दिनको सेवा थप्ने व्यवस्था ल्याएको छ।
डिस होमका ग्राहकले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप पाँच दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि तीन दिनसम्म थप म्याद दिने गरेको थियो। डिस होमले पाँच दिनसम्म र्पुयाएको हो।
नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ। यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ(सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ। यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन। ग्राहकलाई व्यवधान रहित सेवा उपलब्ध गराउन यसो गरिएको डिस होमले जनाएको छ।
अचानक सेवा टुट्दा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने उदेश्यका साथ सो कार्यक्र अगाडि बढाइएको हो।
डिसहोम क्रेडिट सर्भिस सेल्फ(सर्भिस मोडल सेवा हो, जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ।
डिसहोमले १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ। हाल दैनिक रुपमा ५८०० भन्दा ज्यादा ग्राहकहरुले यो क्रेडिट सेवाको उपभोग गरिरहेका छन्।