काठमाडौं– सोमबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सोमबार चार बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
१० दिन अस्पतालमा बसेर शुक्रबार मात्र प्रधानमन्त्री ओली डिसर्चाज भएका छन्। हाल उनी बालुवाटर प्रधानमन्त्री निवासमै आराम गरिरहेका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएको कारण २ सातादेखि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन।