बाँके — विद्यालय जाँदै गरेकी १२ वर्षीया बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालय सोमवार बन्द गरिएका छन्।
क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुर अध्यक्ष यम रावत र नेपाल प्याब्सन, कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दले संयुक्त विज्ञप्ती जारी गरी एक दिनका लागि सम्पूर्ण निजी विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।
आक्रोशित भिडले निजी विद्यालयको बसमा समेत तोडफोड गरेको विरोधमा विद्यालय बन्द गरिएका हुन्। आन्दोलनका क्रममा विद्यालय बोकेका सवारी साधनमा समेत तोड्फोड गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।