काठमाडौं — नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ६ सय कर्मचारीको माग गरेको छ।
मन्त्रालयले विभिन्न ६ जिल्लाका लागि दर्ता अपरेटरको माग गरेको हो।
राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १ सय ६४ जना, ललितपुरमा १ सय १७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ। यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा १ सय १७ जनाको माग गरिएको छ।
आवेदन सम्बन्धित जिल्लामा १० रूपैयाँको टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। नियुक्त हुने अपरेटरले दैनिक १२ सयका दरले तलब पाउनेछन्।
