कठमाडौं –मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहना अनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।
त्यसैले तपाईं आफ्नो अनुहारमा चमक ल्याउनकाे लागि फेस क्लिनिङ अथवा फेसियल गर्नु हुन्छ भने त्यसले केही पनि हुनेवाला छैन। अनुहारमा चमक ल्याउने हाे भने वर्कआउट नै अति उत्तम उपाए हाे।
एक्सरसाइज गर्दा तपाईंको ब्लड फ्लो बढदछ र छालाले प्रशस्त अक्सिजन समेत पाउँछ। त्यसैले ट्रेडमिलमा चढौं र वर्कआउट गर्न थालौ। यस्यता छन् यसका उपायहरु छन्।
ठिक समयमा सुत्नु
शरीरलाई सुन्दर बनाउन सबै भन्दा पहिला सुत्ने समय ठिक हुनुपर्छ। वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ। दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ।
प्रशस्त पानी पिउनुपर्छ
यो तपाईंका लागि नयाँ कुरा होइन। यदि तपाईंले दिनमा दुई लिटर पानी पिउन सक्नुहुन्न भने कम्तिमा त्यति पानी पिउनुहोस् जति पिएपछि तपाईंलाई प्यास नलागोस्। पानी तपाईंको शरीरका लागि अमृत हो र यो कुरा सत्य हो।
सही खाना
भिटामिन–ए, सी तथा भिटामिन ई खानेकुराहरु अत्यधिक मात्रामा खानुपदर्छ। खानमा प्रशस्त फलफूल तथा साग(सब्जीहरुलाई समावेश गर्नैपर्छ। यस खानेकुराले तपाईंलाई छालालाई आकर्षक बनाउदछ।
सनब्लक
तपाईंको छालालाई सूर्यको हानिकारक बाट बचाउन् सनब्लक अनिवार्य छ। बाहिर निस्कनु भन्दा १५ मिनेट पहिले नै सनब्लक क्रिम लगाउनुपदर्छ। यो अल्ट्रा भ्वाइलेट किरणहरु छालाको क्यान्सर तथा उमेरभन्दा अघि नै बृद्ध देखिने कारण समेत बन्नसक्छ।
मोइश्चराइज
हामीले छालालाई मोइश्चराइज गर्नु स्किनको महत्वपूर्ण पक्ष हो। आफ्नो छालाको प्रकार अनुसार सही बडी लोसन छनोट गर्नुपर्दछ। यसले तपाईंको छालालाई पर्याप्त नरम तथा मुलायम बनाउँछ।
केमिकलको प्रयोग नगर्ने
कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ। त्यस्ता क्रिमको प्रयोग नगरेकै राम्रो हुन्छ। साथसाथै अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन । पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ।