एजेन्सी–हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा अहिलेसम्मके ठुलो सहभागिता भएको छ। झण्डै ८ लाख मानिस सहभागी भएको आयोजकले दाबी गरेको छ। तर हङकङको प्रहरीले भने १ लाख ८३ हजार जना सहभागी भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाए।
प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेका ११ जनालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग राख्दै आएका छन्। उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए। हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ।