एजेन्सी– बलिउडका सुपर स्टार अमिर खानको नयाँ अवतार हाल निकै चर्चामा रहेको छ। लामो दारी, कपाल र टोपि लगाएको सरदारको भेषमा उनी ‘लाल सिंह चड्ढा’ नामक फिल्ममा देखा पर्ने छन्।
यो फिल्ममा बलिउडकी चर्चित करिना कपुर पनि देखा पर्ने छिन्। लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गम्प’ नाम चलचित्रको आधिकारिक हिन्दी रिमेक हो। फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल हुन्छन्।
फरेस्ट गम्पले एक दर्जन ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो। फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए। हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन्।