कैलाली — १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका—१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।