एजेन्सी– फिनल्याण्डको प्रधानमन्त्रीमा ३४ वर्षिया सना मरीन प्रधानमन्त्रीको पदको लागि छनोट भएकि छिन्। पहिले उनी फिनल्याण्डको यातायात मन्त्री थिइन्। सना मरीन सोशल डेमोक्रेटिक पार्टी कोतर्फबाट प्रधानमन्त्रीको पदमा लडेकी हुन्।
उनी फिनल्याण्डको सरकारको नेतृत्व गर्ने तेस्रो महिला नेता हुनेछिन्। ५५ लाखको आबादी भएको देशमा गत अप्रिलमा भएको चुनावमा सोशल डेमोक्रेटिक पाटी सबैभन्दा ठूलो दल बनेको थियो। फिनल्याण्डमा सबैभन्दा ठूला दलबाट प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ।
मंगलवार एन्टी रिनेले पदबाट राजीनामा दिएका थिए। गठबन्धन सरकारमा रहेको एक दलले उनलाई विश्वास गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिएका थिए। उनीमाथी पोस्टल स्ट्राइकलाई राम्रो सँग नसमालेको आरोप लागेको थियो। त्यसपश्चात् प्रधानमन्त्रीको लागि सोशल डेमोक्रेटिक पार्टीले मरीनको नाम शिफारिस गरेको हो। त्यससँगै उनी प्रधानमन्त्री बन्ने लगभल पक्का भएको छ।
प्रधानमन्त्रीको पदको लागि नाम अगाडी आए पछि सना मरीनले विश्वास जित्न धेरै काम गनुपर्ने बताएकी छिन्। उनले भनिन्,‘ मैलै आफ्नो उमेर र लिङ्गको बारेमा कहिले केही सोचिन। मैले सधैँ त्यो चीजको बारेमा सोचे जुन कारणले अहिले म राजनितिमा छु र जनताको विश्वास जितेको छु।’
न्यूजील्याण्को प्रधानमन्त्री पनि जैसिंडा अर्डर्न महिला नै हुन् र उनी ३९ बर्षकी छन्। त्यस्तै यूक्रेनको प्रधानमन्त्री ओलेक्सी होनचारुकको उमेर पनि ३५ बर्ष हो।