कलिउड – पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा राम्रो अभिनय गरी चर्चामा आएका नायक हुन् सलिनमान बाँनिया। फिल्मको स्क्रिप्ट राम्रो नलागेमा उनी अफरहरुलाई सिधै अस्विकार गर्ने गर्छन्।
यसकारण पनि उनलाई चुजी नायक भनेर चिन्न थालिएको छ। चकलेटी नायक सलिनमानको ‘ यात्रा’ फिल्म रिलिज भए पश्नचात नयाँ फिल्म रिलिज नभएको ८ महिना भैसक्यो। ‘यात्रा’ नै उनको पछिल्लो समयमा रिलिज भएको फिल्म बन्न पुग्याे।
त्यसपछि भने उनले नयाँ चलचित्रमा काम गर्न इच्छा देखाएका छैनन्। राम्रो स्क्रिप्ट नपाएका कारण उनले नयाँ चलचित्र साइन गर्न सकेका छैनन्। तर उनी ‘यात्रा’ चलचित्रका निर्देशक सम्राट शाक्यको निर्देशनमा बन्ने चलचित्रमा काम गर्ने तयारीमा छन्।
सलिनमान अभिनित डेब्यू चलचित्र ‘ए मेरो हजुर २’ बक्स अफिसमा हिट भएका थिए तर,उनलाई दोश्रो चलचित्र ‘यात्रा’ले मिहिनेत अनुसारको प्रतिफल भने दिन सकेन।
अहिले चकलेटी नायक सलिमानका फ्यानहरू भने नयाँ फिल्मकाे प्रतिक्षामा बसेका छन्।