काठमाडौं _‘स्मार्ट’ चालक अनुमतिपत्र छपाई कार्य आगामी सातादेखि फेरि अघि बढ्ने भएको भएको छ।
‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घन्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो। केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार अहिले विभागका ७ जना कर्मचारीले उपकरण सञ्चालनको तालिमसमेत लिइरहेका छन्। उनीहरुले तालिम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो। उनले, एक साताभित्रमा तालिम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जाने बताए।
मास प्रिन्टरले दैनिक साढे ७ हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ। ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण ९प्रिन्टर० पनि प्रयोगमा आउने उनको भनाई छ। पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले त्यसलाई मर्मत गरेर सञ्चालन गरिरहेको छ।
अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक २ हजार ५०० कार्ड छापिरहेको छ । तीन कार्य समय ९३ सिफ्ट० मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए। देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झन्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ। रासस