काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुलकोर्ट बास्केबलमा नेपाल पराजित भएको छ। सेमिफाइनलमा बलियो टोली भारतविरुद्ध मैदान उत्रिएको नेपाल १०७–५८ ले पराजित भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार भएको खेलको पहिलो क्वार्टरमा ३०–१० ले पछि परेको नेपालले दोस्रो क्वार्टरमा २३–२३ को बराबरी खेलेको थियो।
तेस्रो क्वार्टरमा १९–६ ले पछि परेको नेपालले चौथो तथा अन्तिम क्वार्टर ३५–१९ ले गुमाएको थियो। जितसँगै भारत पुरूष बास्केटबलकाे फाइनलमा पुगेकाे छ।