काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको जनाएका छन्।
उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गरे। मन्त्री ढकालले जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन नभएको दाबी गरेका छन्। उनले भने, ‘समायोजनका क्रममा आएका २ हजार गुनासोमध्ये १ हजार गुनासो व्यवस्थापन गरेको छ र १ हजार गुनासोको व्यवस्थापनको क्रममा रहेको छ।’
उनले कर्मचारी समायोजनबारेमा हिमाली जिल्लाहरुमा खाली भएका दरबन्दीमा प्रोत्साहन गरी सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए। आवश्यकता र माग हेरेर कर्मचारी पठाउने हो भने समायोजनको समस्या सुधार हुँदै जाने मन्त्री ढकालको भनाई छ। यसअघि उनले स्वास्थ्य मन्त्रालय व्यक्ति केन्द्रित रुपमा चलेको भन्दै अब विधिकेन्द्रित बनाउन सुझाव दिए