कपिलवस्तु — पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकोे मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा८च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा २८ वर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो।
तीव्र गतिको कार सडकको छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।