काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको बक्सिङमा नेपालले लामो समयसम्मको स्वर्णको खडेरी अन्त्य गरेको छ। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा मिनु गुरुङले स्वर्ण जितेसँगै नेपाललाइ २० वर्षपछि बक्सिङमा स्वर्ण हात परेको छ।
मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन्। सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो। जुनीले १२ औं सागमा कास्य पदक जितेकी थिइन्।
आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्। ललिताले यसअघि श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।