काठमाडौं– राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङ सिफारिस भएका छन्। आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा गुरुङ तथा आयुक्तहरुमा कमला वली थापा र दीपक मैनाली (रत्न)को नाम सिफारिस गरेको श्रोतले बतायो।
आयुक्तहरुको नाममा हेरफेर समेत हुन सक्नेछ। उनीहरुलाई अब बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्नेछ। आयुक्तमा सिफारिस भएका वली पूर्व एमाले र मैनाली माओवादी कोटामा परेका हुन्।
वली पूर्वमन्त्री कर्णबहादुर थापाकी श्रीमती हुन्। सभामुख अध्यक्ष रहने समितिमा सञ्चार मन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ। यद्यपी यसपटकको बैठकको अध्यक्षता भने उपसभामुख शिबमाया तुम्बाहङफेले गरेकी हुन्।