काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएसँगै नेपालका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।
साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन्। घरेलु मैदानमा स्वर्णको आश गरिएको महिला फुटबल टोलीले फाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन।
खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले गोल्डको टार्गेट लिएर हिँडेको तर पुरा गर्न नसक्दा नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताए।