काठमाण्डौ–नेपालको चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याउने भएका छन्।‘भुन्टी’ ‘बरिलै’ जस्ता हिट नम्बर दिइसकेका निशानले ‘लाहुर जाने रेल’ बोलको नयाँ गीत दर्शक–स्रोतबीच ल्याउन लागेको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आर्मीको पहिरनमा सजिएका केही तस्बिर सार्वजनिक गर्दै नयाँ गीत बजारमा ल्याउन लागेको जानकारी दिए।
‘लाहुर जाने रेल’ भिडियोमा रीचा न्यौपानेले अभिनयमा साथ दिएकी छन्। छिट्टै सार्वजनिक गरिने सो गीतको भिडियोलाई अनील के मानन्धरले खिचेका छन्।