जनकपुरधाम– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीकै कारण भ्रष्टाचार भइरहेको जनाएका छन्। कर्मचारीहरुले नै बाटो खोलीदिएर राजनीतिक दलका नेताहरुले भ्रष्टाचार गरेका उनले बताए।
सोमबार भ्रष्टाचारविरुद्वको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयद्धारा आयोजीत कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कर्मचारीले बाटो नखुलाइदिएसम्म नेताहरुले भ्रष्टाचार गर्न नसक्ने बताए। उनको अनुसार भ्रष्टाचार हुन नदिन कर्मचारी इमान्दार बन्नुपर्छ।
कार्यालयको भित्तामा स्लोगन टाँसेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने उनले दाबी गरे। मुख्यमन्त्री राउतले भ्रष्टाचारीलाई समाजले पनि तिरस्कार गर्नुपर्ने कुरामा जोड दिएका छन्। ‘सामाजिक अवस्थाले पनि भ्रष्टाचारलाई प्रोत्साहित गरेकै छ,’ उनले भने, ‘अब भ्रष्टाचारीलाई तिरस्कार गर्ने वातावरण बनाउनु आवश्यक छ।’