काठमाडौं– नोपली फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
लिगमा अपराजित रहेको नेपालले घरेलु दर्शककोबीचमा भुटानलाई स्तब्ध पार्दै स्वर्ण जित्ने विश्वास उनले व्यक्त गरेका छन्। आइतबार बंगलादेशमाथि १–० गोलको साँघुरो जित हात पारेको नेपाली टोलीले फाइनलमा मंगलबार भुटानको सामना गर्दै छ। खेल दिउँसो ३ बजे शुरु हुनेछ।
नेपालले यसअघि नै लिग चरणमा भुटानलाई ४–० गोल अन्तरले पराजित भएको थियो। त्यसकारण पनि नेपाली टोली मंगलबारको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने छ।