काठमाडौं– नेपाली बालिकामाथि यौन शोषण गरेको अभियोगमा १ जना अमेरिकी नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अमेरिकी अमेरिकी राहदानी (५६७४२५३५) बाहक जासोन ल्लोयड मुडीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरेको हो। सीआईबी स्रोतले उनले विभिन्न निकायमार्फत नेपाली बालिकाहरुलाई होटेलमा बोलाएर यौन शोषण गर्ने गरेको जानकारी दिएको छ।
प्रहरीको अनुसार प्रहरीले उनको हाटेलबाट ५६७४७२५३५,५०६०७३०८४ र ५४५६५८५०० नम्बरका ३ थाना अमेरिकी राहदानश्र, १ थान ल्यापटप, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड तथा काठमाडौंको प्रदर्शनमार्ग्स्थित विश्वभाषा क्याम्पसबाट उनको नाममा जारी भएको परिचय पत्र (आईडी कार्ड) समेत बरामद भएको छ।
पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचार प्रक्रणमा यसअघि पनि संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनमाथि बाल यौन दुराचार प्रकरणमा थप अनुसन्धान थालेको छ।