काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेकी छिन्।
सोमबार पोखरा रंगशालामा १३औं सागको फाइनल खेलमा पराजित भए सँगै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्। यस्तै, अर्की खेलाडी मनमाया लिम्बूले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छिन्।
साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो। यसअघि नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।