काठमाडौं– दक्षिण एसियाली खेलकुद(साग) को अर्को संस्करण (१४ औं साग) पाकिस्तानमा हुने भएको छ।
दक्षिण एसियाली ओलम्पिक परिषद् (एसएओसी) तथा ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले ६ महिनाभित्रमा एसएओसीको बैठक पाकिस्तानमा बस्ने र १४ औं सागकाे मिति तय गरिने निर्णय गरेको छ।
त्यस्तै बैठकले एसएओसीको सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ। बैठकले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा १३ औं साग आयोजक समिति, नेपाल सरकार तथा दक्षिण एसियाका सबै राष्ट्रिय ओलम्पिक कमिटिहरुप्रति धन्यवाद व्यक्त गरेको छ।