धरान – इलाममा उत्पादन भएको किवी फलको बजार प्रर्वद्धनका लागि धरानमा २ दिने किवी फल एक्स्पो आयोजना हुने भएको छ।
इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ‘इलाम किवी फल एक्स्पो २०७६’ गर्न लागेको हो। एक्स्पोको सहआयोजकमा धरान उपवमहानगरपालिका रहेको छ।
उद्योग बाणिज्य संघ इलामका सचिव श्रीबहादुर विष्टका अनुसार दुई दिनसम्म चल्ले एक्स्पोेमा कुल १० स्टल हुने छ। आयोजकले आगामी पुस ३ र ४ गते एक्स्पो गर्न लागेको हो।
जसमा ७ वटा किवीको स्टल र ३ वटामा इलामलाई चिनाउने ग्रिन टि, घिउ, ललीपपलगायत अन्य खाद्य वस्तुहरुको स्टल हुने जनाएका छन्। एक्स्पोमा ७ हजार केजी किवी बिक्री गर्ने बताइएको छ।