काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलको सबै टिकट बिक्रि भइसकेको बताइएको छ। मंगलबार हुने नेपाल र भुटानबीचको फाइनल खेलको टिकट सकिएको इसेवाले जनाएको छ।
इसेवाका अनुसार फाइनल खेलको लागि ९ हजार २ सय टिकट बिक्री भएका छन्। इसेवाले खेलप्रेमीलाई खेल शुरु हुनुभन्दा आधा घण्टा अगाडि नै दशरथ रंगशाला प्रवेश गर्न सुझाएको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै रंगशालाको गेट खेल शुरू हुनु भन्दा केहि समयअघि नै बन्द गरिने बताइएको छ।
स्वर्णपदकको लागि नेपाल र भुटानबीच हुने भिडन्त मंगलबार दिउँसो ३ बजे हुरु हुनेछ। यसअघि लिग चरणमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो।