एजेन्सी– एक नेपाली विद्याथर्थीले साईप्रसको पापोस शहरमा आत्महत्या गरेको बताइएको छ। आत्महत्या गर्नेमा झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्की रहेका छन्।
साइप्रस प्रहरीका अनुसार कार्की आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनी ६ महिनाअघि विद्यार्थी भिसामा साईप्रस पुगेका थिए। कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा पढिरहेका थिए।
कार्कीले परिवारको आर्थिक स्थिति कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।
