काठमाडौं_ नेशनल मेडिकल कलेज वीरगञ्ज र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएसँगै भोलिबाटै पठनपाठन सुरु हुने भएको छ।
मंसिर १०मा शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच वार्ता भएको थियो।
वार्तामा कलेज प्रशासनले शैक्षिक वर्ष २०७५र७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति जनाएको छ।
शैक्षिक वर्ष २०७५र७६को हकमा तोकिएको शुल्क बाहेक अरु आजैबाट समायोजन र फिर्ता प्रक्रिया सुरु गर्ने सहमति भएको छ। आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने, आन्दोलन गरेका आधारमा विद्यार्थीलाई पूर्वाग्रह नराख्ने र आन्दोलन फिर्ता लिने पनि सहमति भएको छ।
सहमतिपत्र