काठमाडौं– नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलता पुर्वक सम्पन्न गरेको बताएका छन्। उनले नेपालले सभ्य र भव्य रुपमा साग सम्पन्न गरेर सबैलाई चकित बनाएको बताएका छन्।
अध्यक्ष श्रेष्ठले सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको जनाए।
प्रतियोगिता सुरु हुनु १ महिना अघि आएको प्राविधिक टोलि लगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका ब्यक्त गरेको बताए। तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तिन छक्क परेको बताए।
साथै साग प्रतियोगिताको सफलता पुर्वक सम्पन्न भएकोमा समेत सबैले प्रसंसा गरेको बताए। अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिदै जाने बताए।
१३ औं साग प्रतियोगिता मंगलबार एक बिशेष कार्यक्रमका बीच सकिँदै छ। यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतिक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ। १३ औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ।