एजेन्सी– चर्चित भारतीय हास्यकलाकार कपिल शर्मालाई पुत्री लाभ भएको छ। मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएसँगै कपिल बुवा बनेका हुन्।
कपिलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् छोरी भएको बताएका छन्। उनले लेखेका छन्,‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु। तपाईंहरुको आशिर्वादको खाँचो छ। सबैजनालाई माया। जय माता दी।’
