एजेन्सी– चिलीका सैनिक बोकेको एक जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले आज वक्तव्य जारी गरी जनाएको छ। सो जहाजमा ३८ जना मानिस थिए। सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथै हराएको थियो।
जहाजमा १७ जना क्रु मेम्बर र २१ जना यात्रु रहेका थिए। उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ। चिलीको एयर फोर्सले खोज र उद्धारको कार्यलाई तीव्र बनाइएको जनाएको छ। बीबीसी