काठमाडौं —दशरथ रङ्गशालामा प्रहरीको कुटपिटबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन्।
रङ्गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो। उनकोे त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ।
प्रहरीले आफ्ना आफन्तहरूलाई बिना पास रङ्गशाला प्रवेश गराउँदै आए पनि आधिकारिक पास लिएर समाचार सङ्कलन गर्न जाने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुर्वव्यवहार गर्ने गरेका छन्।