कैलाली — प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ।
गोदावारी नगरपालिका–१० स्थित धाईया सलानी सामुदायिक बनबाट बेवारिसे अवस्थामा रहेको १ थान बन्दुक आइतबार फेला पारेको हो।
उक्त स्थानमा बेवारिसे अवस्थामा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र अस्थाई प्रहरी पोष्ट ओलानीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।